भारतमा थोक महँगी १५ महिनायताकै उच्च
नयाँ दिल्ली । भारतमा थोक महँगी बढेको छ । मे महीनामा थोक मूल्यमा आधारित मुद्रास्फीति २ दशमलव ६१ प्रतिशतमा पुगेको छ । यो १५ महिनायताकै उच्च हो । गत वर्षको सोही अवधिमा यो सूचक माइनस ३ दशमलव ६१ प्रतिशत थियो । अघिल्लो महिना भने थोक महँगी १ दशमलव २६ प्रतिशत थियो ।
खाद्य वस्तु खास गरी तरकारीको भाउ बढ्दा थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति लगातार तेस्रो महिनामा पनि बढेको हो । समीक्षा अवधिमा खाद्य मुद्रास्फीति बढेर ७ दशमलव ४ प्रतिशतमा पुगेको छ । खाद्य पदार्थ, उत्पादित खाद्य सामाग्री, कच्चा तेल र प्राकृतिक ग्यास, खनिज तेल आदिको भामा भएको वृद्धिका कारण मे महिनामा समग्रमा थोक महँगी बढेको वाणिज्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
मेमा थोक महँगी बढेको भए पनि खुद्रा महँगी भने घटेको छ । यही हप्ता जारी भएको सरकारी तथ्याङ्कले मेमा खुद्रा मुद्रास्फीति एक वर्षयताकै न्यून स्तरमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण