भारतमा आगलागी हुँदा ४ वन अधिकारीको मृत्यु
नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा ४ जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य ४ जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन् ।
वन विभागका अधिकारीहरूका अनुसार बिहीबार साँझ आगो निभाउन ८ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो । यद्यपि तीव्र हावाले आगो अझ फैलिँदा टोलीका ४ सदस्यहरूको मृत्यु भयो र अन्य ४ जना गम्भीररूपमा जलेका थिए । घाइतेहरूलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै बिनसर वन्यजन्तु आरक्षणमा लागेको आगो तत्काल नियन्त्रण गर्न वायुसेनाको सहयोगमा वन विभागका शीर्ष अधिकारीलाई निर्देशन दिए ।
अधिकारीहरूले राज्यमा वनमा आगलागी हुनुको कारण गर्मी र सुक्खा मौसमलाई दिएका छन् । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण