राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिप सम्पन्न
ललितपुर । दोस्रो राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिप सम्पन्न भएको छ। बज्रबाराही मुआय थाई क्लबको आयोजनामा ललितपुरको चापागाउँस्थित आरएल फुटसलमा २५ र २६ जेठमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
बज्रबाराही मुआय थाई क्लबले आयोजना गरेको यस प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री श्रीरमा आलेमगर ले उद्घाटन गरेका थिए । जहाँ विभिन्न तौल समूहका प्रतियोगीहरूले प्रतिस्पर्धा गरेका थिए ।
यस वर्षको प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले उत्कृष्ट कौशल, समर्पण र सहनशीलता प्रदर्शन गरेको क्लबका अध्यक्ष अनिल श्रेष्ठले बताए ।
विजेताहरू
प्रो महिला ४८ किलो
परिका बतास – जिमखाना – स्वर्ण
रेस्मा ब्लोन – ललितपुर – रजत
प्रो महिला ५५ किलो
सुश्मा चौधरी – स्ट्रोंगेस्ट मुआय थाई – स्वर्ण
चन्दाकुमारी भुजेल – काभ्रे मुआय थाई – रजत
प्रो पुरुष ४५ किलो
रोमित महर्जन – ललितपुर – स्वर्ण
महेश्वर गमाल – ललितपुर – रजत
प्रो पुरुष ५३ किलो
विशाल गोले – ललितपुर – स्वर्ण
प्रशन्न राई – ललितपुर – रजत
प्रो पुरुष ५५ किलो
विजय राई – बज्रबाराही मुआय थाई क्लब – स्वर्ण
किरण माझी – काभ्रे मुआय थाई – रजत
प्रो पुरुष ६० किलो
गौतम थिङ – लोपशांग मुआय थाई – स्वर्ण
लक्ष्मण श्रेष्ठ – काभ्रे मुआय थाई – रजत
प्रो पुरुष ६५ किलो
पेम्बा छिरिङ तामाङ – एपीएफ – स्वर्ण
सुजन लिम्बू – लोपशांग मुआय थाई – रजत
सेमी प्रो प्रतियोगिता
सेमी प्रो पुरुष ६० किलो
राजविक्रम शाही – राइनो मुआय थाई – स्वर्ण
सबल सिलवाल – लेले – रजत
सेमी प्रो पुरुष ७० किलो
रोनिश सुब्बा – बज्रबाराही मुआय थाई – स्वर्ण
नृपेश ढुंगाना – सेन्ट्रल मुआय थाई – रजत
सेमी प्रो पुरुष ६५ किलो
जितेन्द्र राई – लोपसांग मुआय थाई – स्वर्ण
सरोज गुरुङ – गोर्खाली मुआय थाई – रजत
सेमी प्रो पुरुष ६० किलो
आशिष तामाङ – जिमखाना – स्वर्ण
अनिश तामाङ – सेन्ट्रल मुआय थाई – रजत
सेमी प्रो पुरुष ५० किलो
मानिक तामाङ – जिमखाना – स्वर्ण
दिपेश ठाकुरी – स्ट्रोंगेस्ट क्लब – रजत
सेमी प्रो पुरुष ७० किलो
प्रदिप विष्ट – फाइटक्लब – स्वर्ण
समीर देशर – बज्रबाराही मुआय थाई – रजत
सेमी प्रो महिला ४८ किलो
रिना माझी – एपीएफ – स्वर्ण
पाल्मो शेर्पा – जिमखाना – रजत
क्लका अनुसार मुकेश लुइँटेल खत्री, परिका बतास, गुनराज रुचाल, सञ्जय राई, सुशील शाही ठकुरी, गुमान सिंह घर्ती मगर, राहुल थोकर लामा, पलिष्ठा कक्षापतिलाई समेत सम्मान गरिएको थियो ।
समिर देशार नयाँ उदयमान खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो रकम पञ्चकन्या ग्रुपले प्रदान गरेको थियो ।रातोपाटी यस प्रतियोगिताको आधिकारिक अनलाइन मिडिया पार्टनर रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण