रुपन्देहीमा ११५ बोरा अवैध प्याज बरामद
आइतबार, ०२ असार २०८१, १५ : ०६
बुटवल । रुपन्देहीमा १ सय १५ बोरा अवैध प्याज बरामद गरिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले करिब ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देहीबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–४ स्थित वसन्तपुरबाट उक्त प्याज बरामद गरेको हो ।
भारतबाट अवैध रूपमा नेपाल ल्याएर गोदाम गरी राखेको अवस्थामा प्याज बरामद गरिएको जनाइएको छ । उक्त प्याज करिब २ लाख ३० हजारको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको प्याज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण