लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेट
आइतबार, ०२ असार २०८१, १९ : ००

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच भेट भएको छ । आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनीहरूबिच शिष्टाचार भेट भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियाँलाई शेरचनले खादा लगाएर स्वागत गरेका हुन् । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए ।
दुवै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको छ । शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँलाएका थिए ।