स्टार्टअप वर्ल्डकपको फाइनल असार १३ मा
काठमाडौँ । नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्धनका लागि हुँदै आएको प्रतिस्पर्धा स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ ।
नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको थियो ।
विकसित देशहरू सबैजसोमा स्टार्टअप वर्ल्डकपको आयोजना हुने गरेको भए पनि नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वर्ल्डकप भित्र्याएको हो ।
स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअपहरू मध्येबाट असार १३ गते नेपाल च्याम्पियन छनोट गरिने जनाइएको छ । नेपाल च्याम्पियन एउटा स्टार्टअपको आइडिया मेकरलाई अमेरिकाको सान–फ्रान्सिस्कोमा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागिताको अवसर प्राप्त हुनेछ ।
स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने छन् । पछिल्लो एक दशकदेखि नेपालमा स्टार्टअप इकोसिस्टम बनाउन लागि परेको स्टार्टअप हब नेपालले जनाएको छ ।
नेपालमा राम्रो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सके मुलुकको अर्थतन्त्रमा योगदानसँगै विश्व मानचित्रमा नेपालको हैसियत समेत उच्च बनाउन सहज हुने आयोजकको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण