लुम्बिनी प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
सरकारले ल्याएको बजेटमाथि असहमति जनाउँदै नेपाली कांग्रेसले संसदमा विरोध जनाएपछि संवादको लागि शुक्रबार आधा घण्टा स्थगित भएको बैठक सहमति नजुटेपछि आइतबारसम्म लागि स्थगित भएको हो ।
प्रदेशसभा सचिव दुर्भल कुमार पुन मगरलेले प्रदेशसभा बैठक आइतबारसम्म लागि स्थगित गरिएको जानकारी दिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसेनाले सता पक्ष र प्रतिपक्षबिच भएको छलफलमा सहमति नभएको बताए । उनले सरकारले कृषि, सिँचाइ र विपन्न वर्गको लागि बजेट नल्याएको भन्दै आफूहरूले विरोध जनाएको बताए । उनले शनिबार दिउँसो ३ बजे फेरि एक पटक छलफल गर्ने सहमति भएको बताए ।
यसअघि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संघीयता विरोधी बजेट ल्याएको आरोप लगाएका थिए । कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्ती मगरले छलफलका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर उक्त छलफलमा पनि कुनै सहमति नभएपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए कतारको अन्तिम परिषद् भेला प्रभावित
-
‘गृहमन्त्री’ बारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
-
ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ
-
समुद्र सतहदेखि ३३ सय मिटर उचाइमा रहेको खरीढुङ्गा (तस्बिरहरू)
-
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
-
गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई कांग्रेस सांसद् बजगाईको पत्र