लुम्बिनी प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
सरकारले ल्याएको बजेटमाथि असहमति जनाउँदै नेपाली कांग्रेसले संसदमा विरोध जनाएपछि संवादको लागि शुक्रबार आधा घण्टा स्थगित भएको बैठक सहमति नजुटेपछि आइतबारसम्म लागि स्थगित भएको हो ।
प्रदेशसभा सचिव दुर्भल कुमार पुन मगरलेले प्रदेशसभा बैठक आइतबारसम्म लागि स्थगित गरिएको जानकारी दिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसेनाले सता पक्ष र प्रतिपक्षबिच भएको छलफलमा सहमति नभएको बताए । उनले सरकारले कृषि, सिँचाइ र विपन्न वर्गको लागि बजेट नल्याएको भन्दै आफूहरूले विरोध जनाएको बताए । उनले शनिबार दिउँसो ३ बजे फेरि एक पटक छलफल गर्ने सहमति भएको बताए ।
यसअघि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संघीयता विरोधी बजेट ल्याएको आरोप लगाएका थिए । कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्ती मगरले छलफलका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर उक्त छलफलमा पनि कुनै सहमति नभएपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण