प्रवासी नेपाली मञ्च अस्ट्रियाको अध्यक्षमा थापा
भियना। नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अस्ट्रियाको अध्यक्षमा बाबा राजेश्वरी थापा चयन भएकी छन् । मञ्चको भियनामा सम्पन्न सातौँ अधिवेशनले थापालाई अध्यक्ष चयन गरेको हो ।
उनी पर्यटन बोर्डको लागि मानार्थ पर्यटन जनप्रतिनिधि समेत हुन् । अधिवेशनले उपाध्यक्षमा दिनेश बैदवार क्षेत्री, सचिवमा कृष्ण कुमार श्रेष्ठ तथा सदस्यहरूमा कृष्ण दत्त भट्ट (केडी) आर्थिक विभागमा अनिता श्रेष्ठ, भावना प्रसाईँ र एलिजा श्रेष्ठलाई चयन गरेको छ ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले देशको विद्यमान परिस्थिति र प्रवासी नेपालीहरूको जिम्मेवारी बारे आफ्नो धारणा राख्दै अस्ट्रिया राष्ट्रिय कमिटी सानो र थोरै सदस्य भएता पनि यसले विगत केही वर्षमा उल्लेख्य काम गरेको बताए ।

यसैगरी अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार परिषद् उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष रामशरण सिम्खडाले कार्यक्रमको भव्यता र सृजनशीलताको प्रशंसा गर्दै अधिवेशनले विगतको कामहरूको सूक्ष्म समीक्षा गर्दै भावी योजनाहरू बनाउने विश्वास व्यक्त गरे । सो क्रममा उनले एनआरएनएको हालको विवादको बारेमा पनि प्रकाश पारेका थिए ।
अधिवेशनको समुद्घाटन सत्रमा नेपाली दूतावास अस्ट्रियाका प्रथम सचिव अनिल लम्साल, प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा अस्ट्रिया इन्चार्ज सरस्वती केसी, अर्का केन्द्रीय सदस्य कल्पना त्रिपाठी, एनआरएनए अस्ट्रियाका अध्यक्ष ध्रुव पौडेल, आईसीसी सदस्य मनोज विष्ट, जनजाति महासङ्घ अस्ट्रिया अध्यक्ष मुक्त गुरुङ, समाजसेवी एवं व्यवसायी बुद्धि तामाङ, ईनास अस्ट्रियाका अध्यक्ष कुमार अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो क्रममा सामाजिक अभियन्ता राम बहादुर विश्वकर्मालाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण