प्रधानसेनापतिद्वारा ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, १० असार २०८१, १६ : ०६
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी ५ जना, लेखा उपसेनानी ६ जना र प्राविधिक उपसेनानी ५० जना गरी ६१ जना अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभि किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण