दक्षिण कोरियामा ब्याट्री कारखानामा विस्फोट, १६ जनाको मृत्यु
सोल । दक्षिण कोरियामा ब्याट्री बनाउने कारखानामा कयौँ लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको बताइएको छ । घटना सोमबार बिहानको हो । दक्षिण कोरियाको राजधानी सोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा आगलागी भएको सञ्चारमाध्यामहरुले बताएका छन् ।
अग्नि नियन्त्रकहरूले आगो निभाउन सक्दो प्रयास गरिरहँदा पनि कारखानामा स–साना विस्फोट भइरहेको स्थानीय टेलिभिजन फुटेजमा देखिएको थियो । सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो । दक्षिण कोरिया लिथियम ब्याट्रीको ठुलो आपूर्तिकर्ता हो । यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधनदेखि ल्यापटपसम्म कयौँ उपकरणमा प्रयोग गरिन्छ ।
यस घटनामा हालसम्म १६ जनाको मृत्यु भएको र सात जना घाइते भएको ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले बताएका छन् । सो कारखानाको दोस्रो तल्लामा अन्यत्र पठाउन प्याक गरेर करिब ३५ हजार ब्याट्री राखिएको थियो । ब्याट्रीमा आगो कसरी लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । घटनाको समयमा कारखानामा करिब एकसय कर्मचारी काम गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण