अपराध
२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ
मङ्गलबार, ११ असार २०८१, १३ : २४
काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो ।
पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार अभियुक्तहरु आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेका थिए ।
त्यसपछि घरका सदस्यहरुलाई डरत्रास देखाउँदै उनीहरुले दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । प्रहरीले उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण