नेपाली सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
काठमाडौँ । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ ।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागी सि.सं. १२ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरूमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रधान सेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन सबैमा निर्देशन दिए ।
नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यो तालिम वि.स.२०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण