तौल घटाउन दही खाने कि मोही ?
काठमाडौँ । स्वास्थ्यका लागि दहीलाई अमृत समान मानिन्छ । शरीरलाई शीतल बनाउने भएकोले दहीलाई मात्रै होइन मोहीलाई पनि स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।
यी दुबैमा प्रशस्त मात्रामा पोषण पाइन्छ । दुवैले हाम्रो शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । तर जबजब तौल घटाउने कुरा आउँछ, मानिसहरू यी दुईमध्ये कुन खाने भन्नेमा अन्योलमा पर्छन् । सर्सर्ती हेर्दा दुवै स्वास्थ्यका लागि राम्रो छन् ।
त्यसो भए तौल घटाउन कुन बढी प्रभावकारी हुन्छ त ?
तौल घटाउने प्रयास गरिरहँदा हामी यो खायो भने कति क्यालोरी पाइएला भनेर हिसाब गर्न थाल्छौँ । क्यालोरीको कुरा आउँदा तौल घटाउन चाहनेका लागि दहीभन्दा मोही बढी फाइदाजनक हुन्छ । सय ग्राम दहीमा ९८ क्यालोरी हुन्छ । त्यति नै मोहीमा ४० ग्राम मात्रै क्यालोरी हुन्छ । यस्तोमा तौल घटाउने अभियानमा रहेकालाई दहीको तुलनामा मोही बढी उपयोगी हुन्छ ।
डिहाइड्रेसनबाट बचाउँछ मोही
मोहीमा प्रशस्त मात्रामा पानी हुन्छ । यसले शरीरलाई लामो समयसम्म हाइड्रेटेड राख्छ । मोही पिउँदा लामो समयसम्म पेट टम्म भरिएको महसुस हुन्छ । शरीरमा पानीको पनि कमी हुँदैन । अर्को महत्त्वपूर्ण कुरा चाँहि केही मानिसलाई ल्याक्टोज इन्टोलरेन्स हुन्छ । यस्ता मानिसहरू दही खान सक्दैनन् । दही पच्दैन । तर मोही पचाउन धेरै मिहेनत गर्नु पर्दैन । त्यसैले पनि यो राम्रो विकल्प हुन्छ । पौष्टिकताबारेमा कुरा गर्ने हो भने दही र मोही दुबैमा भरपुर मात्रामा ण्प्रोबायोटिक्स पाइन्छ । यी दुबैमा क्याल्सियम, भिटामिन र अन्य धेरै पोषक तत्त्वहरू हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण