भारतमा पनि ‘एक देश एक चार्जर’ लागू हुन सक्ने
बिहीबार, १३ असार २०८१, १७ : ५३
नयाँ दिल्ली । यूरोपेली संघ (ईयू)मा जस्तै भारतमा पनि एक चार्जर नियम लागू हुन सक्ने बताइएको छ । ई–वेष्ट कम गर्न यस्तो कदम उठाउन लागिएको हो ।
स्थानीय सञ्चार माध्यममा छापिएका समाचारलाई पत्याउने हो भने सरकारले कमन चार्जिङ पोर्ट नियम लागू गर्नेबारे विचार गरिरहेको छ । यो नियम लागू भएपछि सबै स्मार्टफोन र ट्याबलेटका लागि एकै खालको चार्जिङपोर्ट जरुरी हुनेछ ।
सरकारले टाइप–सी चार्जिङ पोर्टलाई कमन बनाउन सक्ने बताइएको छ । सन् २०२२ मा ईयूले यस्तो नियम पारित गरेको थियो । त्यसपछि एप्पलले पनि त्यहाँ आफ्ना उपकरणमा टाइप–सी चार्जिङ पोर्ट दिनु परेको थियो ।
भारत सरकारले यो वर्षको अन्त्यसम्ममा यसबारे घोषणा गर्न सक्ने बताइएको छ । खबरका अनुसार त सरकारले ल्यापटपमा पनि टाइप–सी चार्जर अनिवार्य बनाउन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण