झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेन जेलबाट बाहिर निस्किए
शुक्रबार, १४ असार २०८१, १७ : ४७
नयाँ दिल्ली । भारतको झारखण्डका पूर्वमुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेन ५ महिनापछि जेलबाट रिहा भएका छन् । उनी शुक्रबार साँझ ४ बजेतिर राँचीको बिरसा मुण्डा जेलबाट बाहिर आएका थिए । जेलबाट निस्किएपछि उनले हात हल्लाएर समर्थक र कार्यकर्तालाई अभिवादन गरेका थिए । उनको साथमा उनकी श्रीमती र वकिल पनि थिए ।
जग्गा घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धिकरण मामिलामा झारखण्ड उच्च अदालतबाट सोरेनले जमानत पाएका थिए । न्यायाधीश रोङन मुखोपाध्यायको इजलासले यस्तो फैसला गरेको हो । अदालतले सोरेनलाई दुई ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हेमन्त सोरेनका वकिल पियुष चित्रेशले बताएका छन् । सोरेनलाई जनवरीको अन्त्यमा प्रवर्तन निर्देशनालयले समातेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण