भारतका नयाँ सेना प्रमुख उपेन्द्र द्विवेदीद्वारा पदभार ग्रहण
आइतबार, १६ असार २०८१, १७ : ४४
नयाँ दिल्ली । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे आइतबार सेवानिवृत्त भएका छन् । उनी सेवा निवृत्त भएसँगै जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख भएका छन् ।
सेवानिवृत्त जनरल मनोज पाण्डेले ३० अप्रिल २०२२ मा भारतीय सेनाको सर्वोच्च पद ‘चीफ अफ आर्मी स्टाफ’को पद ग्रहण गरेका थिए । जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको ३०औँ सेनाध्यक्ष बनेका छन् ।
४ दशकभन्दा बढी अवधिसम्मको पाण्डेको करियर असाधारण र शानदार रहेको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । भारतीय सेनामाथि गहिरो प्रभाव पारेको उनको अटूट समर्पण र प्रेरणादायक नेतृत्व यसको प्रमाण भएको पनि पोष्टमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण