मुसलधारे वर्षाका कारण भारतमा ११ जनाको मृत्यु
आइतबार, १६ असार २०८१, १७ : ४९
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ । यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार छापेको छ ।
वर्षाका कारण राजधानीमा कयौं उडान स्थगित भएका छन् । यो महिनाको सुरुमा दिल्ली अहिलेसम्मकै डरलाग्दो लूको चपेटामा आएको थियो । तर जुन २८ मा इतिहासकै सबैभन्दा धेरै वर्षा भयो ।
एकै दिनमा दिल्लीमा महिनाभरिको औसत वर्ष भयो । मुसलधारे वर्षाका कारण दिल्लीको मुख्य विमानस्थलको छत खस्दा एक जनाको मृत्यु नै भयो । उडानहरू प्रभावित भए ।
अन्डरपास डुबानमा परेका थिए भने सडकमा भयानक ट्राफिक जाम, बिजुली र पानीको आपूर्ति प्रभावित जस्ता समस्या पनि भए । अघिल्लो २४ घण्टाभित्र दिल्लीको मुख्य विमानस्थलबाट हुने झन्डै ६० ओटा उडान रद्द भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण