भारतमा फेरि ढल्यो निर्माणाधीन पुल
झारखन्ड । भारतमा फेरि अर्को निर्माणाधीन पुल भत्किएको छ । एक पछि अर्को गर्दै बिहारमा बन्दै गरेका अवस्थाका कयौं पुलहरू भत्किएका थिए ।
अब भने झारखण्डमा निर्माणाधीन पुल भत्किएको छ । गिरीडिह जिल्लाको देवरी ब्लकस्थित अरगा खोलामा बनिरहेको पुलको पिल्लर भीषण वर्षाबिच धँसिएर गार्डर भाँचिदा पुल भत्किएको हो ।
यद्यपि, यस घटनामा कोही हताहती भएको खबर नआएको अधिकारीले बताएका छन् । घटना शनिबार राति झारखण्डको राजधानी राँचीबाट करिब २३५ किलोमिटर टाढा देवरी ब्लकमा भएको हो । सो पुल डुम्रीटोला र कारिपहरी गाउँ जोड्ने फतेहपुर–भेलावती सडकमा पुल निर्माण भइरहेको थियो ।
यो पुल साढे पाँच करोडको लागतमा बनाउन लागिएको दाबी गरिएको छ । ‘पुल निर्माणको काम भइरहेको थियो । शनिबार राति परेको अविरल वर्षाका कारण पुलको गार्डर भाँचिएपछि एउटा पिलर भत्किएको हो । ठेकेदारलाई पुलको भत्किएको हिस्सा पुनःनिर्माण गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण