चीनमा झुक्किएर लन्च भएको रकेट पड्कियो
बेइजिङ । चीनमा झुक्किएर लन्च भएको रकेट पड्किएको छ । चीनको निजी कम्पनीले आगामी केही महिनामा लन्च गर्ने तयारीमा रहेको सो रकेट लन्चपछि दुर्घटनाग्रस्त भएर आइतबार नजिकैको सहरमा पड्किएको थियो ।
रकेट परीक्षणका क्रममा गल्ती बस लन्च भएको थियो । रकेट र टेस्ट स्ट्यान्डबिचको जोर्नीमा केही संरचनात्मक त्रुटिका कारण टियानलङ्ग–३ रकेटको माथिल्लो हिस्सा लन्च प्याडबाट उछिट्टिएको सो रकेट बनाइरहेको कम्पनी बेइजिङ टियानबिङ (स्पेश पायोनियर) ले आफ्नो आधिकारिक वि च्याट एकाउन्टमा जारी विज्ञप्तिमा भनेको छ ।
रकेटलाई मध्य चीनकाे कोङयी शहरको पहाडी क्षेत्रमा राखिएको थियो । घटनाको भिडियो चीनको अनलाइन सञ्चारमाध्यम द पेपरले सार्वजनिक गरेको छ । भिडियोमा रकेट उछिट्टिएर आकाशतिर सिधा गइरहेको हुन्छ, एक्कासि तेर्सो जान्छ अनि बिस्तारै खस्न थाल्छ र नजिकैको पहाडमाथिको जङ्गलमा खस्छ । यस घटनामा कसैको पनि मृत्यु नभएको बताइएको छ ।
लन्च प्याडमा रहेका रकेटको बाँकी रहेको अन्य हिस्सा भने प्रयोग गर्न मिल्ने रहेको बताइएको छ । बनाइरहेको रकेट यसरी प्रक्षेपण भएका घटना चीनमा बिरलै हुने गरेका छन् । टियानलङ्गको सबैभन्दा पुछारको हिस्सालाई हट टेस्टका क्रममा बालिएको थियो । तर संरचनात्मक गल्तीका कारण टेस्ट प्याडबाट अलग भएको स्पेश पायोनियरले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण