फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
पेरिस । फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ३३ दशमलव १४ प्रतिशत मतका साथ अग्रता लिएको छ । आइतबार भएको निर्वाचनको मतगणनाको रुझान पछि नेशनल र्याली पार्टीका समर्थकमा खुसीको लहर देखिएको छ ।
दोस्रो चरणको मतदान आउँदो आइतबार हुँदैछ । अहिलेको अग्रतालाई हेर्दा फ्रान्समा अति दक्षिणपन्थी सरकार गठन हुने सम्भावना देखिएको छ । तर केही राजनीतिज्ञहरूले मतदाताहरूलाई अति–दक्षिणपन्थी उम्मेदवारहरूलाई सत्तामा आउनबाट रोक्न रणनीतिक मतदान प्रयोग गर्न आह्वान गरिरहेका छन् ।
दोस्रो चरणको निर्वाचनपछि कुनै एक दलले स्पष्ट बहुमत ल्याउँछ भन्ने चाँहि अहिले स्पष्ट छैन । यसअघि फ्रान्सको राष्ट्रिय चुनावको पहिलो चरणमा कहिले पनि अति दक्षिणपन्थी पार्टीले जित हासिल गरेको छैन । नेशनल र्याली पार्टीका नेता मारिन ले पेन र जोर्डन बर्डेलाले फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा २८९ सिटका साथ बहुमत हासिल गर्ने चाहना राखेका छन् ।
फ्रान्सका वर्तमान राष्ट्रपति इम्यानुअल म्याक्रोँको केन्द्रवादी गठबन्धन २१ प्रतिशत मतका साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानमा करिब २८ प्रतिशत मतसहित अति वामपन्थी दल न्यु पपुलर फ्रन्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण