भारतको सत्संगमा भागदौड हुँदा २७ जनाको मृत्यु
मङ्गलबार, १८ असार २०८१, १८ : ०१
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एउटा सत्संगको समयमा भागदौड हुँदा २७ श्रद्धालुको मृत्यु भएको बताइएको छ । यस घटनाको पुष्टि एटाका एसएसपीले गरेका छन् ।
‘एउटा दुखद घटना भएको छ, हाथरस जिल्लाको सिकन्दरराव नजिकैको मुगलगढ़ी गाउँमा भोले बाबाको कार्यक्रम चलिरहेको थियो, भागदौडका कारण मानिसको मृत्यु भएको छ । एटाको अस्पतालमा २७ जनाको शव आइपुगेको छ,’एटा एसएसपी राजेश कुमार सिंहले भनेका छन् ।
मर्नेमा २३ महिला, तीन बालबालिका र एक पुरुष भएको बताइएको छ । अन्य कयौँ घाइतेलाई अस्पताल भर्ना गरिएको बताइएको छ । धार्मिक कार्यक्रमका क्रममा भागदौडका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीएमओ एटा उमेश कुमार त्रिपाठीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण