सत्संगको क्रममा भागदौड, मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो
उत्तर प्रदेश । उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो ।
एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ, त्यसैले मृत्युको यकिन सङ्ख्या पछि थाहा हुनेछ। यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए ।

स्थानीय पत्रकार धर्मेन्द्र चौधरीका अनुसार आगराका सीएमओले हातरसमा पोस्टमार्टमका लागि ठाउँ नरहेको बताएका छन् । समाचार तयार पार्दासम्म आगराको शवगृहमा ३० जनाको शव पुगेको थियो । यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

यसअघि लोकसभामा राष्ट्रपतिको सम्बोधनमा धन्यवाद प्रस्तावमाथिको छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हातरस घटनाप्रति दुःख व्यक्त गरेका थिए । उनले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथबाट जारी विज्ञप्तिमा घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएको छ।

घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शी ब्रजेशले स्थानीय पत्रकार धर्मेन्द्र चौधरीलाई भने, ‘कार्यक्रम सकिएपछि भोले बाबाको खुट्टाको धुलो उठाउन मानिसहरू दौडिएका थिए । बाबा अर्को तर्फ जाँदा मानिसहरू त्यतातिर त्यतातिर दौडे । यो प्रक्रियामा धेरै मानिसहरू सडकको छेउको खाडलमा खसेर भागदौड मच्चियो, जसले गर्दा धेरै मानिसको ज्यान गएको थियो ।’ ब्रजेशका अनुसार मृतकमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
अर्का व्यक्ति श्री दयालले आफू र भाइ सौदान पनि प्रवचन सुन्न आएको बताए । तर यो घटनापछि उनको भाइको अवस्था भने खुल्न सकेको छैन । उनले भने, ‘कार्यक्रम सकिएपछि मानिसहरू निस्कन थालेपछि भागदौड मच्चियो र धेरै मानिस फसेका थिए । भाइको अवस्था पत्ता लाग्न सकेको छैन ।’ दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण