राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, १९ असार २०८१, ०८ : ४५

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग सम्बन्धी विनियोजन शीर्षकमाथि छलफल कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेटिङमार्फत भिजिट भिसा, खाडीदेखि युरोपसम्म पठाइन्छन् नेपाली
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
लुम्बिनीका अस्पताल विकास समितिमा कांग्रेस–एमालेबिच भागबन्डा, अन्य दलको विरोध
-
थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार
-
एमाले धनुषा अधिवेशन : भोला यादव नेतृत्वको प्यानल विजयी
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु