नेपाली खेलाडीले ओलम्पिकको अन्तिम तयारी कहाँ गर्दैछन् ?
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३ औँ संस्करण सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म फ्रान्सको राजधानी पेरिसमा आयोजना हुँदैछ । यसपटक ओलम्पिकमा ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ ।
पेरिस ओलम्पिकमा १० हजार पाँच सय खेलाडीको सहभागिता रहने छ । ३३ औँ ओलम्पिक सकिएलगत्तै पेरिसमै गृष्मकालीन पारालम्पिक (फरक क्षमता भएका खेलाडीहरुको ओलम्पिक) सुरु हुनेछ । पारा ओलम्पिक खेलकुद अगस्त २८ देखि सेप्टेम्बर ८ तारिखसम्म हुनेछ ।
पेरिस ओलम्पिकमा नेपालका सातजना खेलाडी सहभागी हुँदैछन् । त्यसमध्ये एक खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन् । बाँकी ६ खेलाडीले भने ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।
टेबलटेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा पौडीकी डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । स्यान्टुले छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्न लागेका हुन् ।
यसैगरी पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् । पारा ओलम्पिकमा पनि एक खेलाडीले तेक्वान्दोकी पलेशा गोबद्र्धनले छनोट चरण पार गर्दै आफ्नो सहभागिता पक्का गरेकी हुन् भने बाँकी दुई खेलाडी तेक्वान्दोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले ‘वाइल्ड कार्ड’मार्फत सहभागिताको अवसर पाएका हुन् ।
ओलम्पिकमा छनोट भएका खेलाडीमध्ये पौडीका अलेक्जेन्डर शाह र डुवाना लामा क्रमशः अमेरिका र थाइल्यान्डमा प्रशिक्षणरत रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । टेबलटेनिसका स्यान्टु श्रेष्ठ अस्ट्रेलियामा प्रशिक्षणरत छन् ।
एनओसीका अनुसार, ब्याडमिन्टन खेलाडी प्रिन्स भने श्रीलंकामा प्रशिक्षण लिइरहेका छन् । प्रिन्स, सुस्मिता र मनिताले विगत दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीमार्फत ओलम्पिक सोलिडारिटीको सहयोगमा ओलम्पिक छात्रवृत्ति रही प्रशिक्षण गरिरहेको एनओसीले जनाएको छ ।
छात्रवृत्तिका रुपमा उनीहरुले मासिक सात सय ५० अमेरिकी डलर पाउँदै आएका छन् । शुटिङकी सुस्मिता, एथलेटिक्सकी सन्तोषी र जुडोकी मनिता हाल नेपालमै रहेर पेरिस ओलम्पिकको अन्तिम तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण