जबरजस्ती बन्ध्याकरण असंवैधानिक : जापानी सर्वोच्च अदालत
टोकियो । जापानको सर्वोच्च अदालतले जबरजस्ती बन्ध्याकरणलाई असंवैधानिक ठहर गरेको छ । अहिले निष्किृय भइसकेको यूजेनिक्स कानुन अन्तर्गत सन् १९५० देखि सन् १९९० को दशकमा अनुमति नलिईकन १६ हजार ५०० आसपासका अशक्त र मानसिक रूपमा अस्वस्थ मानिसहरूको जबरजस्ती बन्ध्याकरण गराइएको थियो ।
यस मामिलामा सर्वोच्च अदालतले ११ जना पीडितहरूलाई क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको छ । बुधबारको फैसलाले न्यायका लागि दशकौँदेखि लडिरहेका पीडितहरूको लडाई अन्त्य गरेको छ ।
पीडितहरूले सरकारसँग क्षतिपूर्ति र माफी माग गरिरहेका थिए । वर्षौसम्म चलेको मुद्दा मामिलापछि सन् २०१९ मा एउटा कानुनले जीवित पीडितहरूलाई क्षतिपूर्ति दिलाएको थियो ।
अदालतमा आएका पाँचओटा मुद्दाको सुनवाइमा केन्द्र सरकार अदालतले तिर्न आदेश दिइएको क्षतिपूर्तिको आकार कम गर्न अपिल गरेको थियो । अर्को एउटा मुद्दामा भने दुई महिलावादीले अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
-
निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण : मासिक १० हजारमै ८ घण्टा ड्युटी
-
फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
-
हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण