बक्स अफिसमा कल्कीको दबदबा, ७ दिनमा ६ सय करोड कमाई
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीको कमाइले नयाँ उचाइ छोएको छ । फिल्मले ग्लोबल बक्स अफिसबाट ६ सय करोडभन्दा बढी कमाएर नयाँ कीर्तिमान बनाएको छ । फिल्मका निर्माता बैजयन्ती मुभिजले आफ्नो कलेक्सनको अपडेट सामाजिक सञ्जालमा शेयर गरेको छ । फिल्ममा दीपिका पादुकोणको एउटा दृश्यको झलक देखाउँदै पोष्टमा ‘सपनाहरूको दौड जारी छ’ उल्लेख गरिएको छ ।
कल्की २८९८ एडी २७ जुनमा रिलिज भएको थियो । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा करिब ३९३ करोड ४० लाख भारुको व्यापार गरेको थियो । स्याकनिल्कको रिपोर्ट अनुसार भारतमा ७ दिनमा फिल्मको ग्रस कलेक्सन ४४१ करोड ५० लाख भारु पुगेको छ । फिल्मले विदेशी बक्स अफिसमा १६८ करोड ५० लाख भारु कमाएको छ । अर्थात् फिल्मको ७ दिनको कलेक्सन करिब ६१० करोड भारु रहेको छ ।
फिल्मले दर्शकहरूबाट अपार माया पाइरहेको छ । केहीले यसलाई भारतीय सिनेमाको इतिहासमा सबैभन्दा ठुलो ब्लकबस्टर भनेका छन् । केहीले भने बजेट जति कमायो अब फिल्मको नाफा हुन्छ हेरौँ भनिरहेका छन् । फिल्ममा भारतीय सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चन, कमल हासनको साथमा प्रभास र दीपिका पादुकोणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दोस्रो हप्तामा पनि फिल्मले ठुलो कलेक्सन गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण