मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव
शुक्रबार, २१ असार २०८१, १८ : ४१
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनको सरकार अगस्टसम्म ढल्न सक्ने राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालु प्रसाद यादवले बताएका छन् । राजदले आफ्नो २८ औँ स्थापना दिवस मनाउँदै छ ।
शुक्रबार पटनामा आयोजित एक कार्यक्रममा लालुप्रसाद यादवले मोदी सरकार आगामी २ महिनाभित्रै ढल्ने दाबी गरेका हुन् । ‘सबै कार्यकर्तालाई अपिल छ कि जुनसुकै बेला चुनाव हुन सक्छ । दिल्लीको मोदी सरकार एकदमै कमजोर छ । यो सरकार अगस्टमै समाप्त हुने सम्भावना छ । तपाईँ जनता (कार्यकर्ता) एकजुट भएर पार्टीलाई बलियो बनाउनुहोस्,’ लालु यादवले भनेका छन् ।
लोकसभा चुनावमा बिहारमा आरजेडीले चार सिट मात्र जितेको थियो । बिहारमा राजदले कंग्रेसको नेतृत्वको इन्डिया गठबन्धनसँग मिलेर चुनाव लडेको थियो । बिहारमा भाजपा र जेडीयू १२–१२ सिट जित्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण