१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा
नयाँ दिल्ली । भारतको बिहार राज्यमा पछिल्लो केही दिनयता एकपछि अर्को गर्दै पुल भत्किरहेको खबर आइरहेका छन् । गएको १७ दिनमा बिहारमा १२ पुल भत्किएका छन् । त्यहाँ पुल भत्किने जुन १८ देखि सुरु भएको थियो । यसपछि मुसलधारे वर्षा र बाढीमा पुल भत्किने क्रम निरन्तर चलिरहेको छ ।
यी घटनाहरूपछि राज्य सरकारले ११ जना इन्जिनियरलाई निलम्बन गरेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको सरकारले पुलको पुनर्निर्माण वा नयाँ पुल बनाउन आदेश दिएको छ । पछिल्ला दिनमा भत्किएका पुलमध्ये ६ पुल निकै पुराना थिए । अन्य तीन पुल निर्माणाधीन थिए । निर्माणाधीन पुल भत्किनुलाई इन्जिनियर र ठेकेदारलाई दोष दिइएको छ । पुल निर्माणबारे सावधान नभएको र निगरानी पनि राम्ररी नगरेको भन्दै विभिन्न पदमा रहेका ११ जना इन्जिनियरहरूलाई निलम्बित गरिएको छ ।
ठेकेदारमाथि पनि कारबाही गरिने
१८ जुनमा बखरा नदीमाथि अररियामा बनिरहेको पुल भत्किएको थियो । त्यसयता अन्य दुई निर्माणाधीन पुल पनि भत्किएका छन् । यस मामिलामा चार जना इञ्जिनियरलाई निलम्बित गरिएको छ । दुई इन्जिनियर यसअघि नै निलम्बनमा परेका थिए ठेकेदारको भुक्तानी जाँच पूरा नहुँदासम्म रोकिएको छ । निरीक्षण टोलीले अन्तिम प्रतिवेदन बुझाएपछि ठेकेदार र सल्लाहकारलाई अन्तिम कारबाही गरिने बताइएको छ । गएको १० वर्षमा भारतभरि २१४ वटा पुल भत्किएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण