प्राकृतिक प्रकोप
दाङमा बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार
शनिबार, २२ असार २०८१, ११ : १९
बुटवल । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
दाङको राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएर फर्किने क्रममा राप्ती नदिको बाढीमा फसेका थिए । तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको थियो । उनीहरूलाई सशस्त्र प्रहरीको ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले सकुशल उद्धार गरेको हो ।
राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले बताए । दूध बिक्री गर्न सँगै गएका १८ वर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण