बाढीका कारण देशभरका अधिकांश जलविद्युत आयोजनाको उत्पादन रोकियो
काठमाडौँ । शुक्रबादेखि सुरु भएको वर्षाका कारण आएको बाढीले देशभरका अधिकांश जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार देशभर साढे ६०० मेगावाट क्षमताका आयोजनाको उत्पादन ठप्प भएको हो ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यो देशको सबैभन्दा ठूलो क्षमताको आयोजना हो । योसहित नेपाल विद्युत प्राधिकरण र सहायक कम्पनीको कूल ५२६ मेगावाट क्षमताको उत्पादन रोकिएको हो ।
यसबाहेक निजी क्षेत्रका उत्पादकहरुले उत्पादन गरेको बिजुलीको उत्पादन समेत रोकिएको छ । बलेफी, मोदी, मध्य मोदी लगायतका आयोजनाको उत्पादन रोकिएको छ । यस्तै लिखु, मध्य तमोर, सोलु दुधकोसी, सोलु दुधकोसी लगायतका आयोजनाको उत्पादन समेत रोकिएको बताइएको छ ।
यसबाहेक देवीघाट र चमलेलिया आयोजनाको उत्पादन समेत रोकिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण