लगातार वर्षापछि लुम्बिनी प्रदेशका मन्त्रालयभित्र पानी पस्यो
शनिबार, २२ असार २०८१, १२ : ५६

बुटवल। अविरलको वर्षाले दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सरकारका केही मन्त्रालयहरू डुबानमा परेका छन् । शुक्रबार साँझदेखि परेको पानी देउखुरीभित्र रहेका मन्त्रालयहरू डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए ।
उनले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयभित्र पानी पसेको जानकारी दिए । ती मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए ।
प्रदेश सभा र मन्त्रालयहरू एउटै कम्पाउन्डभित्र रहेका छन् । केही क्षेत्रमा कन्स्ट्रक्सनको काम भइरहेकोले पनि पानी पसेको बताइएको छ ।
दाङमा गत रातिदेखि परेको भीषण वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् ।सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सरकार बनाएर संविधान संशोधनमा जाउँ : कृष्ण पहाडी
-
सामान्य प्रशासन मन्त्रालय अगाडि कर्मचारीको विरोध
-
नयाँ सहरी विकास ऐन ल्याउने सरकारको तयारी
-
राजेन्द्र महतोले गठन गरे राजनीतिक समिति (नामावलीसहित)
-
हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण
-
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण