फ्रान्सको चुनावमा टुट्यो ४० वर्षको रेकर्ड
आइतबार, २३ असार २०८१, २१ : ४७
पेरिस । फ्रान्समा आइतबार संसदीय निर्वाचनको लागि दोस्रो चरणको मतदान भएको छ । यस चरणको चुनावमा ठुलो संख्यामा फ्रान्सेली जनता मतदान केन्द्रमा पुगेका थिए ।
यस पटक भोटिङ प्रतिशत विगत ४० वर्षयताकै सबैभन्दा धेरै रहेको बताइएको छ । चरम दक्षिणपन्थी नेशनल र्याली पार्टीले पहिलो चरणको मतदानमा जीत हासिल गरेर पूर्ण बहुमत ल्याउने आशा गरेको थियो । तर पार्टीले दुई अन्य गठबन्धन वामपन्थी न्यू पपुलर फ्रन्ट र राष्ट्रपति इम्यानुअल म्याक्रोँको मध्यमार्गी दल टुगेदर मुभमेन्टसँगको चर्को प्रतिस्पर्धाको सामना गर्नुपर्यो ।
पहिलो चरणमा ७६ सिटको निर्णय भएको छ । आइतबार ५०१ सिटको लागि मतदान भएको थियो । पूर्ण बहुमतको लागि कुनै पनि दलले २८९ सिटभन्दा बढी ल्याउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण