हरियाणा विधानसभा चुनावमा बसपा र इनेलोको चुनावी गठबन्धन
हरियाणा । भारतको हरियाणाको आगामी विधानसभा चुनावमा बहुजन समाज पार्टी (बासपा)र इन्डियन नेशनल लोकदल (इनेलो) मिलेर लड्ने भएका छन् ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो जानकारी दिँदै बसपा प्रमुख मायावतीले भनेकी छिन्, ‘दुई पार्टीहरूबीच सीट बाँडफाँडमा सहमति भएको छ ।’ बसपाले ३७ सिटमा र इनेलोले ५३ सिटमा उम्मेदवार उतार्ने भएको छ ।
‘आज चण्डीगढमा पत्रकार सम्मेलन गर्नु अघि मेरो निवासमा बसपा राष्ट्रिय संयोजक र इनेलो प्रमुख महासचिव अभय सिंह चौटालाबिच गठबन्धनबारेमा कुराकानी भएको थियो,’ मायावतिले भनेकी छिन् । इनेलो–बासपा गठबन्धनको मुख्यमन्त्री पदका उम्मेदवार चौधरी अभय सिंह चौटाला हुने चण्डीगढमा गठबन्धनको घोषणा गर्दै आकाश आनन्दले भनेका छन् ।
राज्यमा दस वर्षदेखि शासन गरिरहेको भाजपालाई सत्ताबाट हटाउन र कांग्रेसलाई सत्ताबाट टाढै राख्न भनेर यो गठबन्धन गरिएको चटौलाले भनेका छन् ।
भाजपा र कांग्रेस विरोधी साना दलहरूलाई एकसाथ लिएर राज्यमा मोर्चा बनाइने पनि उनले बताए । यस वर्षको अन्त्यसम्ममा हरियाणा, महाराष्ट्र, झारखण्ड र जम्मु कश्मीरमा विधानसभा चुनाव हुने भएकाले राज्यका राजनीतिक दलहरूले पनि चुनावी तयारी सुरु गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण