पत्रकार मिश्रा नगदसहित सम्मानित
शनिबार, २९ असार २०८१, १२ : ३४
रौतहट । रौतहटबाट विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन्। रौतहटको पियारिया देवी फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार मिश्रालाई सम्मानित गरेको हो।
स्वर्गीय पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा फाउन्डेसनका सचिव देवेन्द्र साहले खाँदा ओढाएर नगद ११ हजारसहित मिश्रालाई सम्मानित गरे। पत्रकारिताको माध्यमले सामाजिक न्यायका लागि समाजमा पुर्याएको योगदानको कदर स्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव रौनियारले जानकारी दिएका छन् ।
मिश्रा हाल रातोपाटी डटकम, न्युज कारखाना र मधेस दृष्टि दैनिकमा आबद्ध छन् । उनी कटहरिया एफएमका प्रमुख पनि हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण