पत्रकार मिश्रा नगदसहित सम्मानित
शनिबार, २९ असार २०८१, १२ : ३४

रौतहट । रौतहटबाट विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन्। रौतहटको पियारिया देवी फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार मिश्रालाई सम्मानित गरेको हो।
स्वर्गीय पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा फाउन्डेसनका सचिव देवेन्द्र साहले खाँदा ओढाएर नगद ११ हजारसहित मिश्रालाई सम्मानित गरे। पत्रकारिताको माध्यमले सामाजिक न्यायका लागि समाजमा पुर्याएको योगदानको कदर स्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव रौनियारले जानकारी दिएका छन् ।
मिश्रा हाल रातोपाटी डटकम, न्युज कारखाना र मधेस दृष्टि दैनिकमा आबद्ध छन् । उनी कटहरिया एफएमका प्रमुख पनि हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
-
ऐन परविर्तन गरेरै गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता
-
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन