विधानसभा उपचुनाव मतगणना : १३ सिटमध्ये एकमा मात्रै भाजपा अगाडि
शनिबार, २९ असार २०८१, १३ : १६
नयाँ दिल्ली । सात राज्यका १३ विधानसभा सिटमा भएको उपचुनावपछि मतगणना जारी छ । निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ३ घण्टापछि भाजपा एक सिटमा अगाडि छ । यो सिट हिमाचल प्रदेशको हमीरपुर विधानसभा सिट हो।
यसबाहेक कांग्रेसले ५ र पश्चिम बंगालका सबै ४ सिटमा टीएमसी अगाडि छ । यसैगरी जेडीयू, आम आदमी पार्टी र डीएमके एक–एक सिटमा अगाडि छन् ।
विधानसभा उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन् ।
यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पञ्जाबको एक-एक विधानसभा सिटका लागि शनिबार बिहान ८ बजेदेखि मतगणना जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण