प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन
काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको हो । ।
‘असार ३१ गते सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।
यसअघि आइतबार निर्धारित बैठक स्थगित गरेर सचिवालयले सोमबार १ बजेका लागि नयाँ मिति तय गरेको थियो । सत्ता परिवर्तनका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । उनको शपथ भने सोमबार हुने भएकाले संसद् पनि सारिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण