बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्यायो
आइतबार, ३० असार २०८१, १५ : १४
बनियानी । जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिए । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए ।
बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पुर्याएको विषयमा जानकारी गराइएको बताए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण