५ अर्ब डलर कमाउने पहिलो एनिमेटेड फ्रेन्चाइजी बन्यो डेस्पिकेबल मी
लस एञ्जलिस । इल्युमिनेशन, युनिभर्सलको ‘डेस्पिकेबल मी ४’ले विश्वभरिको बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । योसँगै डेस्पिकेबल मी/मिनियन्स फ्रेन्चाइजीले विश्वव्यापी बक्स अफिसमा ५ अर्ब डलर कमाएको छ ।
शुक्रबारसम्मको कारोबारमा फ्रेन्चाइजीको कूल कमाई ५ अर्ब २ करोड ५० लाख डलर पुगेको छ । ५ अर्ब डलरको स्तर पार गर्ने यो पहिलो एनिमेटेड फ्रान्चाइजी हो । यस अघि नै यो विश्वभर अहिलेसम्मकै ठुलो एनिमेटेड फ्रान्चाइजी बनिसकेको थियो ।
यो सप्ताहान्त पनि डेस्पिकेबल मी४ लगातार दोस्रो हप्ता पनि पहिलो नम्बरमा रहने आशा गरिएको छ । आइतबारसम्मको एक हप्तामा फिल्मले विश्वभर १३ करोड ६० लाख डलर कमाएको छ ।
योसँगै फिल्मको कूल कमाई ४४ करोड १० लाख डलरमा पुग्नेछ । यसमा घरेलु बक्स अफिसमा भएको २३ करोड ७ लाख डलर र विदेशका ७८ विभिन्न बक्स अफिसमा भएको २३ करोड डलरको कमाइ समावेश गरिएको छ ।
४ हप्ता अघि सीमापारका बजारमा फिल्मको प्रदर्शन सुरु भएको थियो । अब भने फिल्म फ्रान्स, जर्मनी, बेलायत र चीनको बक्स अफिसमा पनि प्रवेश गरेको छ ।
अमेरिकाको घरेलु बक्स अफिसमा डेस्पिकेबल मी फ्रेन्चाइजी अहिले सम्मकै सर्वाधिक कमाउने १० औँ फ्रेन्चाइजी बनेको छ । यसले ट्रान्सफर्मस, हङ्गर गेम्स र श्रेकलाई पनि उछिनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण