चामल चोरेको आरोपमा भाजपाका नेता पक्राउ
बुधबार, ०२ साउन २०८१, १८ : १८
नयाँ दिल्ली । चामल चोरेको आरोपमा कर्णाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेता पक्राउ परेका छन् । यो घटनामा कर्नाटक सरकारको अन्न भाग्य योजनासँग सम्बन्धित छ ।
प्रहरीले कुलबुर्गी सहरस्थित आवासबाट कर्नाटक भाजपाका नेता मणिकान्त राठौडलाई पक्राउ गरेको छ । यसअघि नै प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको भएपनि उनी पेस भएनन् ।
६ हजार क्विन्टलभन्दा बढी चामल चोरी
मणिकान्त ६ हजार ७७ क्विन्टल चामल चोरीको मामिलामा पक्राउ परेका हुन् । चोरी भएको चामलको मूल्य २ करोड भारुभन्दा बढी रहेको बताइएको छ । चामल राज्यको यादगिर जिल्लाको सरकारी गोदामबाट गायब भएको थियो । अन्न भाग्य योजना अन्तर्गत कर्नाटक सरकारले हरेक गरिब परिवारलाई महिनेपिच्छे १० केजी अन्न सित्तैमा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण