द्रुतमार्गको भौतिक प्रगति ३५ प्रतिशत सकियो
काठमाडौँ । काठमाडौँ–तराई द्रुतमार्गको भौतिक प्रगति ३५.३८ प्रतिशतमा सीमित बनेको छ । निर्माणको समय गुज्रिने समय आइसक्दा समेत आर्थिक वर्ष २०८०/८१ सम्ममा कूल भौतिक प्रगति ३५.३८ प्रतिशत भएको हो ।
द्रुतमार्ग निर्माणको ठेक्का पाएको नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार भौतिक प्रगति ३५.३८ प्रतिशत रहँदा वित्तीय प्रगति ३६.३६ प्रतिशतमा सीमित छ । यो द्रुतमार्गको निर्माण २०८० वैशाख ५ गते नै सक्नुपर्ने हो । तर यो अवधिलाई थपेर २०८३ चैत मसान्तसम्म पुर्याइएको छ ।
तर कामको तीव्रता हेर्दा थपिएको समयावधिमा समेत काम नसकिने प्रस्टिन्छ । हाल आयोजनालाई १३ वटा प्याकेजमा राखेर निर्माण भइरहेको छ । १३ प्याकेजमध्ये ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका प्याकेज १ देखि ७, ८ क, ८ ख, ९ क, ९ ख, र १० गरी १२ वटा प्याकेज निर्माणाधीन छन् ।
खरिद प्रक्रिया बाँकी रहेको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकाको ० किलोमिटरदेखि ६.५ किलोमिटरमा द्रुतमार्गको सुरु बिन्दु जग्गा अधिग्रहणको समस्याका कारण अघि बढ्न सकेको थिएन । यतिबेला यो काम समेत अघि बढेको सेनाले जनाएको छ । भौतिक प्रगति ९५ प्रतिशत प्याकेज कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताइएको छ ।
आयोजना अन्तर्गत रहेका जम्मा ६ वटा सुरुङमध्ये हाल ३ वटा सुरुङ निर्माणाधीन छन् । अन्य ३ वटा सुरुङको डिजाइन तथा पूर्व तयारीका काम भइरहेका छन् । निर्माणाधीन निजगढ काठमाडौँतर्फको महादेवटार सुरुङको लम्बाई ३.३२२ किलोमिटर मध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने काम सम्पन्न भएको छ ।
यस्तै काठमाडौँ निजगढतर्फको लम्बाई ३.३८६ किलोमिटर सुरुङको २.२८८ किलोमिटर खन्ने काम सम्पन्न भएको छ । यो सुरुङको १ प्रतिशत खन्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण