राजधानीको सीतापाइलामा खुल्यो सेनाको पेट्रोल पम्प
शुक्रबार, ०४ साउन २०८१, १८ : ००

काठमाडौँ । राजधानीको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा रिपुमर्दिनी पेट्रोल स्टेसन सञ्चालनमा ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शुक्रबार उक्त पेट्रोल पम्पको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गरे ।
५० हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त पेट्रोल पम्प सर्वसाधारणले समेत उपभोग गर्न पाउने सेनाले जनाएको छ । सेनाको यसअघि नै काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।
यसैबिच शुक्रबार नै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत समुद्घाटन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो
-
ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु
-
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
-
विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो