भारतको कूटनीतिक पहलपछि रुसी सेनामा भर्ती भएका १० भारतीय स्वदेश फर्किए
काठमाडौँ । रुसी सेनामा भर्ती भएका १० जना भारतीय स्वदेश फर्किसकेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता रणधीर जैसवाल जानकारी गराएका छन् । भारतीय सफल कूटनीतिक पहलका कारण उनीहरू स्वदेश फर्किन सफल भएका हुन् ।
शुक्रबारको प्रेस ब्रिफिङमा उनले भने, 'अझै पनि त्यहाँ ५० भारतीय छन् र उनीहरूका परिवारले हामीलाई भेटेका छन् । हामीले शीर्ष तहमा यो विषय उठाएका छौँ र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई भेट्दा पनि यो मुद्दा उठाउनु भएको छ। रुसबाट सकारात्मक प्रतिक्रिया आएको छ र उनीहरू चाँडै फिर्ता हुनेछन् ।'
रुसी सेनामा कैयन नेपाली समेत भर्ती भएपनि नेपाल सरकारले फिर्ता ल्याउन सकेको छैन । नेपाली अधिकारीहरूले निरन्तर पहल भइसकेको बताएपनि नतिजा ननिस्किरहेका बेला भारतले भने आफ्ना नागरिक फर्काउन सफल भएको हो ।
उनले बंगलादेशको अवस्थाबारे समेत बोल्दै त्यहाँ बस्ने सबै भारतीय नागरिक सुरक्षित रहेको बताए ।
उनले भने, 'बंगलादेशमा आठ हजार ५०० भारतीय विद्यार्थी छन् र करिब १५ हजार भारतीय नागरिक रहेका छन्। उनीहरूको सुरक्षाका लागि दूतावास सक्रिय छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण