सबै राजनीति दलबिच संवाद र सहमतिबाट संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशमा क्रियाशील राजनीति दल बिचमा संवाद र सहमतिबाट संविधान संशोधन गरिने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सङ्घीय संसद् भवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण संविधान संशोधन गरिने उनको भनाइ थियो । नेपाली कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि भएको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको कुरा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उक्त सात बुँदे सहमति सार्वजनिक गरेका थिए । सरकारको विधेयक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षको समीक्षा गरी आवश्यक संशोधन र परिमार्जन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण