वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
सोमबार, ०७ साउन २०८१, ११ : ५४

काठमाडौँ । वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको जानकारी दिइएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा
-
विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र
-
लेखा समितिका तीन एजेन्डाले देखाएको गन्जागोल
-
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले लगायो प्रतिबन्ध
-
सान डिएगो विमान दुर्घटनामा मेटल ब्यान्डका पूर्वड्रमर डेनियल विलियम्सको मृत्यु भएको आशंका