पर्खालको आड लागेर पिसाब गरिरहेका कानुन व्यवसायीको लिङ्ग नै लुछ्यो कुकुरले
काठमाडौँ । कुकुरलाई वफादार घरपालुवा जनावर मानिन्छ । तर कहिलेकाहीँ कुकुरले अप्रिय घटना पनि निम्त्याइदिन्छ ।
भारतको उत्तर प्रदेश राज्यको बाराबंकीमा घरपालुवा कुकुरले एक जना कानुन व्यवसायी (वकिल)को लिङ्ग नै लुछिदिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती वकिलको उपचार भइरहेको छ ।
‘पिटबुल’ जातको कुकुरले बाराबंकीको आवास विकास कोलोनीमा वकिललाई हमला गरेको हो । केही दिनअघि भारतीय जनता पार्टीका नेता स्वं सुधीर कुमार सिद्धुको तेह्रौँ दिनको पूण्यतिथिमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किंदै गरेका वकिललाई कुकुरले हमला गरेको हो ।
फर्किने क्रममा ती वकिल आवास विकास कोलोनीस्थित दरियावाद ब्लक प्रमुख आकाश पाण्डेयको पिता विवेकानन्द पाण्डेयसँग भेट गर्न उनको घरमा पसेका थिए । सोही क्रममा पर्खालको आडमा पिसाब गर्न लागेका ती वकिललाई अचानक पाण्डेयको घरमा पालिएको कुकुरले हमला गरेको हो । कुकुरले ती वकिलको लिङ्ग नै लुछिदिएको बताइएको छ ।
रक्ताम्य अवस्थामा उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएकोमा अवस्था गम्भीर भएपछि लखनउस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बाराबंकीमा छाडा कुकुरले समेत आतङ्क सिर्जना गर्दै आएको जनाइएको छ । जुलाइ महिनामा मात्र आवासीय कोलोनीमा ३–४ जनालाई छाडा कुकुरले आक्रमण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण