ताजा वा बासी कुन रोटी बढी फाइदाजनक हुन्छ ?
काठमाडौँ । जति नै प्रयास गरे पनि कहिलेकाहीँ खाजा वा खानाको लागि भनेर बनाएको रोटी बाँकी बस्छ । केहीले यसरी उब्रिएको रोटी बेलुका वा बिहान खान्छन् । अनि केहीले फ्याँक्छन् वा कुकुर/गाईलाई खान दिन्छन् ।
बासी रोटीले हाम्रो स्वास्थ्यमा कुनै हानि गर्दैन । बरु, यसले स्वास्थ्यका लागि आवश्यक सबै पोषणहरू प्रदान गर्दछ जुन ताजा रोटीमा पनि पाइन्न ।
कति दिनको रोटी खान सकिन्छ ?
बासी रोटी ताजाभन्दा फ्रेश र स्वस्थ हुन्छ । साँच्चै भन्ने हो भने पकाएको १०÷१२ घण्टा भएको रोटीमा आरएस अर्थात् रेजिस्टेन्स स्टार्च बढ्छ । आरएस हाम्रो शरीरको लागि निकै लाभदायक छ ।
के हुन्छ बासी रोटी खाँदा ?
– मधुमेह भएका व्यक्तिहरूले विशेषगरी बासी रोटी खानुपर्छ । मधुमेह पीडितहरूलाई रेजिस्टेन्स स्टार्च निकै जरुरी हुन्छ । यसको सेवनले इन्सुलिन बढ्दैन ।
–शरीरका लागि गट ब्याक्टेरिया निकै महत्त्वपूर्ण हुन्छ । गट ब्याक्टेरियाले पेटमा भएको खानालाई स–साना टुक्रामा टुक्र्याउँछ । यसका कारण खाना सजिलै पचाउन सकिन्छ । खाना पचाउन समस्या हुने वा पेट खराब हुनेहरूले बासी रोटी खानुपर्छ । बासी रोटीमा पाइने रेजिस्टेन्स स्टार्च गट ब्याक्टेरियाका लागि राम्रो हुन्छ ।
– ज–जसलाई पेटसम्बन्धी समस्या छ, उनीहरूले पनि बासी रोटी खानुपर्छ । बासी रोटी सजिलै पच्छ । बासी रोटी खाँदा ग्यास, कब्जियत र वाकवाकीको समस्या पनि हुँदैन । पाचन प्रणालीमा पनि सुधार हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण