जाजरकोटमा वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते
सुर्खेत । जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् । जाजरकोट प्रहरीका अनुसार गए राति १ बजेतिर छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किएको थियो । चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा घरमा बस्ने ८ जना घाइते भएका हुन् ।
घाइते हुनेमा घरधनी ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीय सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षीय सुजता अधिकारी, १६ वर्षीय संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी रहेका छन् ।
घाइते भएका सबै एउटै परिवारका हुन् । घाइते संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरू घरमै छन् । बाँकी ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डे बताए ।
यस्तै घाइते सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै घर भत्किँदा उक्त घरको गोठमा बाँधी राखेका ३ वटा बाख्रा पुरिएर मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण