दिउँसो घाम, राति वर्षा किन भइरहेको छ ?
काठमाडौँ । केही दिन यता दिउँसो घाम लाग्ने तथा राति–राति पानी पर्ने भइरहेको छ । राति भारी वर्षा हुँदा विभिन्न नदीहरूमा बाढी आउनुका साथै डुबान पनि भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार यो प्रक्रिया मनसुनी वायु र तापक्रमका कारण सिर्जना भएको हो । हाल मनसुनको न्यून चापीय प्रणाली सरदरको आसपासमा रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेको पुडासैनी बताउँछन् ।
‘बङ्गालको खाडी र हिन्द महासागरबाट जलवाष्पयुक्त (पानीसहितको) हावाहरू आइरहेको छ । मनसुनको बेलमा समान्यरुपमा जलवाष्पयुक्त हावाहरू बढी हुन्छ,’ उनी भन्छन्, ‘राति नै पानी बढ्नुको कारण चाहिँ त्यतिबेलाको तापक्रमले हो । दिउँसोको तुलनामा राति तापक्रम कम हुन्छ । कम तापक्रम भएपछि वायुमा जलवाष्प बहन गर्ने क्षमता कम हुन्छ । यसले कन्डेन्सेसन भएर बादलहरू बन्ने क्रमलाई थप सहयोग गर्छ । बादल बनेपछि वर्षा हुने कुरा स्वाभाविक भयो । तापक्रम कम भएपछि ह्युमिडिटी (आर्द्रता) पनि बढ्न जान्छ । त्यसले पनि पानी पर्न मद्दत गर्छ ।’
उनका अनुसार आज राति पनि यस्तै प्रक्रिया जारी रहने सम्भावना छ । यो प्रक्रिया थप तीन दिनसम्म रहने उनको भनाई छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आज राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
-
भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
-
११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण