सिंगापुर अन्तर्राष्ट्रिय उसु फेस्टिभलमा दोस्रो भएको नेपाली टोली सम्मानित
काठमाडौँ । छैटौँ सिंगापुर अन्तर्राष्ट्रिय उसु फेस्टिभलमा १३ स्वर्ण र नौ रजत पदकसहित दोस्रो भएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्यसचिव अञ्जन धमलाले खेलाडीहरूलाई सम्मान गरे ।
प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । प्रतियोगितामा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि पाएका थिए । सम्मान कार्यक्रममा धमलाले खेलाडीहरूको उच्च प्रदर्शनले देशको गौरव बढेको बताए ।
प्रतियोगितामा पुरुषतर्फ अलिस मारिकले तीन र हिमांशु खड्काले दुईवटा स्वर्ण पदक जितेका थिए । सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले एक–एक स्वर्ण पदक प्राप्त गरेका थिए । महिलातर्फ वविता थापामगरले दुई तथा अपेक्षा लामा र यानचेन्ला ईलावाले एक–एक स्वर्ण प्राप्त गरेका थिए ।
यसैगरी, पुरुषतर्फ सफल पाठक, समिर बस्नेत, रिदम गोलेले एक–एक रजत पदक प्राप्त गर्न सफल भएका थिए । महिलातर्फ सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले दुई–दुई तथा यानचेन्ला ईलावा र ग्रुप इभेन्टमा एक–एक रजत पदक प्राप्त भएको जानकारी उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण